पहिराले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता

कपिलवस्तु | असार ६, २०७९

पहिराले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता


कपिलवस्तु :      कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् ।    प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु२ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्नेक्रममा पहिराले बगाएको हो । भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशाल, वर्ष १८ सुरज सोनी बेपत्ता भएका छन् । 

 

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खोलमा भारतीय नागरिक फोर्सबाट झरेर आउँदै गर्दा अचानक आएको पहिराले बगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । हराएको भारतीय नागरिकको खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिनुभयो । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्